× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनाका गायक तथा शिक्षक सुमनको अल्पायुमै निधन, सासँद कृष्णभक्त पोखरेलद्वारा समावेदना प्रकट

    २ वर्ष पहिले

    भदौ-१४, चितवन इच्छाकामनाका लोक तथा दोहोरी गायक एवं शिक्षक सुमन आलेमगरको निधन भएको छ। मगरको सोमबार राति १ः१० भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा अल्पायुमै निधन भएको हो। उनी लामो समयदेखि मुटुको समस्यासँग जुधिरहेका थिए ।

    गायक तथा शिक्षक आलेमगरको निधनमा चितवन क्षेत्र नं २ का संघीय सांसद कृष्णभक्त पोखरेलले सामाजिक सञ्जाल मार्फत समावेदना प्रकट गरेका छन्।

    सांसद पोखरेलले “ईच्छाकामनाको दियोको रूपमा रहनु भएका शिक्षा, संस्कृती र मनोरंजनमा सदा अग्रणी प्रिय शिक्षक भाई सुमन हाम्रो विच रहनु भएन भन्ने खवरले मलाई अत्यन्त मर्माहात वनाएको छ, दाहाखानीका ती डाडाँहरूले सुमनको सुमधुर सुशेलीहरू कसरि विर्सन सक्ला र ? प्रिय सुमन तिमीलाई उच्च सम्मान सहितको श्रदासुमन र परिवारजनमा गहिरो समवेदना ।”सामाजिक सञ्जालमा लेखिएको छ।

    गायक तथा सर्जक मगरको ‘सलल बग्यो गण्डकी’, ‘रहरे मायालु’, ‘हे सानु माया’, ‘रोधीको खालैमा’, ‘पिरतीको छाया’ ‘डाँडैको’, ‘लर्के वर’, ‘यानीमाया’लगायतका दर्जन बढी गीतमा सिर्जना गर्नुका साथै आवाज भरेका छन्। विशेष गरी कौडा गीतमा बढी योगदान दिएका छन्।

    वि.सं. २०४३ साल भदौ १९ गते चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ दाहाखानीमा जन्मिएका गायक मगरले गीतसंगीतसँगै मूल पेसाको रूपमा सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए। मगरको परिवारमा बुबा–आमा, एक श्रीमती, एक छोरी र एक नाबालक छोरा छन्।