× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कक्षा १२ को नतिजा आज नआउने, सम्भवतः भोलि नतिजा प्रकाशन हुन सक्ने

    २ वर्ष पहिले

    भदौ -१४, कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज (मंगलबार) सार्वजनिक नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकासम्म नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको थियो ।

    तर, प्राविधिक काम नै नसकिएकाले नतिजा प्रकाशन गर्न नसकिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । ‘दिनभर लगाएर पनि टेक्निकल प्रोसेस सकिएन । अझै केही समय लाग्छ । त्यसपछि पनि प्रोसेसिङ हुन मात्रै ३/४ घण्टा लाग्छ । आज समय अभावले नतिजा प्रकाशन गर्न नसकिने भयो,’ अध्यक्ष शर्माले भने ।

    सम्भवतः भोलि बुधबार नतिजा प्रकाशन गर्न सकिने अध्यक्ष शर्माले बताए । ‘भोलि कति बेला टेक्निकल काम सकिन्छ । त्यसपछि सम्भवतः भोलि सार्वजनिक गर्छौ होला । अहिले नै यहि मितिमा सार्वजनिक गर्छौ भनेर भन्न सकिने अवस्था छैन्,’ अध्यक्ष शर्माले भने । बोर्डले आज नतिजा प्रकाशन गर्ने तयारी गरेको थियो । त्यसका लागि साढे ३ बजे बोर्ड बैठक समेत बोलाएको थियो । तर, प्राविधिक प्रक्रिया नै नसकिएकाले आजलाई रोकिएको हो ।