× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    २ वर्ष पहिले

    भदौ-१५, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको ले सतर्क रहन आग्रह गरेको छ।

    विभागका अनुसार हाल देशभर सामान्य देखि पूर्णतया बदली रही गण्डकी प्रदेशका केही तथा प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    यस्तै,राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।