× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    फिल्मफेयर अवार्ड : सर्वोत्कृष्ट अभिनेतामा रणवीर सिंह र अभिनेत्रीतर्फ कृति सेनन

    २ वर्ष पहिले

    भदौ-१५, बलिउडको प्रतिष्ठित फिल्मफेयर अवार्डको ६७ औं संस्करणको विजेता घोषणा गरिएको छ । जसमा फिल्म ‘८३’बाट रणवीर सिंह सर्वोत्कृष्ट अभिनेता र ‘मिमी’बाट कृति सेननले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड उचाले ।

    यस वर्षको सर्वोत्कृष्ट फिल्मको अवार्ड सिद्धार्थ मलहोत्रा स्टारर फिल्म ‘शेरशाह’लाई प्रदान गरियो । उत्कृष्ट गीत लेखनको अवार्ड कौसर मुनिरले प्राप्त गरे ।

    शेरशाह’मा क्याप्टेन विक्रमको रोल सिद्धार्थ मलहोत्राले निर्वाह गरेका थिए । यो फिल्ममा कियारा आडवाणी उनकी प्रेमिका डिम्पलको भूमिकामा देखिएकी थिइन् ।

    फिल्म ‘सरदार उधम’बाट विक्की कौशलले क्रिटिक्स एक्टर अवार्ड जिते । ‘९९ सङ्स’बाट एहान भट्ट डेब्यु अभिनेता र शरवरी बागले ‘बन्टी और बबली २’ बाट डेब्यु अभिनेत्रीको अवार्ड जितिन् ।

    क्रिटिक्स बेस्ट एक्ट्रेस विधा चाहिं फिल्म ‘शेरनी’बाट विद्या बालनले जितिन् । ‘८३’ फिल्मको गीत ‘लहरा दो’ उत्कृष्ट गीत बन्यो । यसपटकको फिल्मफेयरमा शेरशाह र सरदार उधम फिल्मको दबदबा देखिएको छ ।