× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राज्यमन्त्री उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नं. २ बाट पनि प्रत्यक्षबाट उम्मेदवार बन्ने दाबी

    २ वर्ष पहिले

    भदौ -१५, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नं. २ मा प्रत्यक्षबाट उम्मेदवार बन्ने आकांक्षा राखेर पार्टीमा आवेदन दर्ता गराएका छन् ।

    मंगलबार चितवन निर्वाचन क्षेत्र नं. १ मा नाम दर्ता गराएका श्रेष्ठले क्षेत्र नं. २ मा वुधबार दिउँसो नाम दर्ता गराएको कांग्रेस क्षेत्रीय सभापति भरत लामिछानेले जानकारी दिए ।

    राज्यमन्त्री श्रेष्ठले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट लड्ने चाहना व्यक्त गर्दै आएका थिए ।

    दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका श्रेष्ठ यसपालि प्रत्यक्ष निर्वाचित सांसद बन्न खोजेका हुन् । क्षेत्र नं. २ आफ्नो लागि अनुकुल हुन नसक्ने बुझेका राज्यमन्त्री श्रेष्ठले क्षेत्र नं. १ मा आवेदन दर्ता गराउन पुगेका थिए ।

    जिल्ला पार्टी सभापति राजेश्वर खनालले एक ब्यक्तिले एक निर्वाचन क्षेत्रको प्रत्यक्ष वा समानुपातिककमा मात्रै नाम दर्ता गर्न गराउन एक सर्कुलर जारी गरेका थिए । तर, श्रेष्ठले यो विधान विपरीत भएको भन्दै चितवन-२ बाट पनि प्रत्यक्षमा नाम दर्ता गराएका छन् ।