× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २ सय ७१ संक्रमित थपिँदा निको हुनेको संख्या १ सय ७५

    २ वर्ष पहिले

    भदौ-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४५ हजार ९ सय ५८ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ४ सय ८५ जनाको पिसिआर परीक्षण गर्दा २ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ९९ हजार २ सय ३ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा १ हजार ४ सय ३५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४७ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ५८ हजार ३ सय ७५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ९४ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३ हजार ४७ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ४८ जना रहेको छ।

    २४ घण्टामा १ सय ७५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८२ हजार १ सय ५१ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या१ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ४२ जना र भेन्टिलेटरमा ८ जना रहेको छ।