× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन नारायणगढ पहिरो अपडेट

    २ वर्ष पहिले

    भाद्र १६, मुग्लिन
    अविरल वर्षाका कारण आएको पहिरोले मुग्लिन नारायणगढ सडक पटक पटक अबरुद्ध हुदै आएको छ । विभिन्न ठाउमा खसेको पहिरोका कारण आज विहान ६ बजे देखि मुग्लिन नारायणगढ सडक पुर्ण रुपमा अबरुद्ध बन्न पुगेको छ ।

    ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरिक्षक शैलेन्द्र यादवका अनुसार भरतपुर महानगरपालिका वडा नं. २९ मा पर्ने १६ किलो, १८ किलो र केरावारीमा ठुलो पहिरो खसेको बताएका छन् । १८ किलो र केरावारीको पहिरो हटाउन बढीमा २ घण्टा लाग्ने लोडर अपरेटर अमर गुरुङ्गले बताएका छन् ।

    मुग्लिन देखि ५ किलो सम्म भने खसेको साना पहिरोहरु भने हटाइ सकेको तर १६ किलोमा सडक भासिएको हुदा सडक एकतर्फी मात्रै सञ्चालनमा ल्याउन सकिने प्रहरीले जनाएको छ । यतिबेला सवारी साधनहरुलाई मुग्लिन, कुरिन, जुगेडीमा रोकिएको छ ।