× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २ सय ६ संक्रमित थपिँदा निको हुनेको संख्या ३ सय ९६

    २ वर्ष पहिले

    भदौ-१७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ७५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४८ हजार २ सय २७ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ५ सय ९५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ९३ हजार ५ सय ३० जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा १ हजार २ सय ७४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७२ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ६१ हजार ४ सय ८४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ९१ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ७ सय ३५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ५६ जना रहेको छ।

    २४ घण्टामा ३ सय ९८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८२ हजार ७ सय ६४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या३ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ४१ जना र भेन्टिलेटरमा ६ जना रहेको छ।