× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन-२ बाट चुनाव लड्न उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष डा भट्टराईले दिए आवेदन

    २ वर्ष पहिले

    भदौ -१८, चितवन-२ बाट संघीय सांसदमा चुनाव लड्न उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराईले आवेदन दिएका छन् ।

    मदन भण्डारी फाउन्डेसनका अध्यक्षसमेत रहेका डा भट्टराईले नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीमा उम्मेदवार बन्ने आकांक्षा राख्दै आज शनिबार आवेदन दिएका हुन् । भट्टराईसँगै एमालेका पोलिटव्युरो सदस्य देवी ज्ञवाली, चितवन–२ बाट हालका सांसद कृष्णभक्त पोखरेलले पनि आवेदन दिएका छन् ।

    यस्तै संविधान सभा सदस्य शिवकुमारी गोतामे र कृषिविज्ञ डा कृष्ण पौडेलले उम्मेदवारको आकांक्षा व्यक्त गर्दै आवेदन दिएका छन् ।