× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहिरोले तनहुँको जामुने-खैरेनी सडकखण्ड अवरूद्ध

    २ वर्ष पहिले

    भदौ -१९, शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने-खैरेनी सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दे गाउँपालिका-६ मौरीओडारमा पहिरो खसेपछि राजमार्ग दुईतर्फीरूपमा अवरुद्ध भएको हो ।

    सडकमाथिबाट पहिरा खसेपछि जामुने-खरेनीटार सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पहिरो पन्छाउन प्रहरी टोली पुगिसकेको उनले बताए । “वर्षा भइरहेकाले केही समयमा पहिरो हटाएर राजमार्ग सञ्चालन गराउन प्रयास गरेका छौँ”, उनले भने ।

    अविरल वर्षाका कारण खोला बढेपछि म्याग्दे -४ थर्पु बजारमा पनि राप्तीखोलाले बाटो अवरुद्ध बनाएको छ ।

    सडकमाथिबाटै खोला बग्न थालेपछि सडक अवरुद्ध भएको स्थानीयवासी भीमलाल श्रेष्ठले जानकारी दिए । पृथ्वीराजमार्गको अन्य ठाउँमा भने वर्षाका कारण बाटो अवरुद्ध नरहेको प्रहरीले जनाएको छ ।