× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मन्त्री श्रेष्ठलाई लाइनमा बसेर क्रमसँग आउनु भनेको अभियोगमा एक जना सुरक्षा गार्ड पक्राउ

    २ वर्ष पहिले

    भदौ-१९, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बसेर क्रमसँग आउनु भनेको अभियोगमा एक जना सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरिएको घटना बाहिरिएको छ।

    ठमेलस्थित छाया सेन्टरमा रहेको एफएस ग्लोबल भिसा सेन्टरमा शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री जीवनराम श्रेष्ठ भिसाको लागि आवेदन दिन श्रीमतीसँगै पुगेका थिए। बिहान ९ बजे श्रीमती र क्यानका केही सदस्यहरु पनि मन्त्री श्रेष्ठसँगै थिए। तर, कुनै जानकारी बिना नै भिसा सेन्टर पुगेका मन्त्रीलाई त्यहाँ खटिएका सुरक्षा गार्ड शेरजंग गुरुङले रोके।

    उनले प्रक्रियागत रुपमा लाइनमा बस्नु भन्दै रोकेपछि मन्त्री र सुरक्षा गार्डबिच विवाद भएको थियो। त्यसपछि मन्त्रीको टोलीले प्रहरीलाई खबर गरेको थियो। अनि प्रहरीले भिसा सेन्टरमा कार्यरत गार्ड गुरुङलाई नियन्त्रणमा लिएको थियो। दरबारमार्गबाट पुगेको टोलीले गुरुङलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। गुरुङ ‘गरुड सेक्युरिटी’बाट त्यहाँ सुरक्षाको लागि खटिएका थिए।

    मन्त्रीका पीएसओले श्रेष्ठ मन्त्री भएको भनेर सम्झाउँदा पनि उनले ‘मन्त्रीसन्त्री चिन्दिनँ’ भन्दै लाइनमा बस्न लगाएर दुव्यर्वहार गरेको आरोप लगाइएको छ।

    ‘अभद्र व्यवहार भएको भन्ने सूचना आएपछि नियन्त्रणमा लिएका हौँ। म्याद थप गरेपछि अनुसन्धान हुन्छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने।