× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    क्षेत्र नं २ ” क ” चितवनबाट प्रदेश सभाको उम्मेदवारीको लागि युवा नेता राम बहादुर लामा सिफारिस ।

    २ वर्ष पहिले

    न्यूज डेस्क।

    चितवन। आगामी मंसिर ४ गते सम्पन्न हुन लागेको प्रादेशिक निर्बाचनको लागि चितवनको क्षेत्र नं २ ” क ” प्रदेशबाट  प्रदेश सभाको  समानुपातिक सांसद पदको लागि नेपाली कांग्रेसका युवा नेता श्री राम बहादुर लामाको नाम नेका क्षेत्र नं २ ”  क ”  प्रदेश सभा कार्य समितिले सिफारिस गरेको छ। लामा सहित प्रदेश सभाको लागि सबै आंकाक्षीहरुको नाम सिफारिस गरिएको प्रदेस सभा कार्य समितिले जनाएको छ। चितवन जिल्लामा निष्ठाबान स्वच्छ नेताको रुपमा आफ्ना छबि बनाएका श्री लामा कांग्रेस कार्यकर्ताहरुका बीच मात्र होईन बिपक्षी र आम नागरिक बीच पनि लोकप्रिय मानिनुहुन्छ। प्रदेश सभाको प्रत्यक्ष निर्बाचनको लागि तयारी गर्नु भएका युवा नेता श्री लामाले लोकतान्त्रिक — बामपन्थी चुनाबी गठबन्धनको कारण साबिक बिजेता नेकपा माओबादी केन्द्रको भागमा प्रदेश सभाको प्रत्यक्ष तर्फको सिट पर्ने निश्चित प्राय देखिए पछि प्रदेश सभामा आफ्नो दमदार प्रस्तुतिको लागि समानुपातिकको बाटो रोजेका हुन।

    तथापि प्रत्यक्ष तर्फको सिटको लागि कांग्रेसले बागमती प्रदेश सदस्य श्री कृष्ण कुमार श्रेष्ठ सहित महाधिबेशन प्रतिनिधि श्री टंकनाथ पौडेल र लक्ष्मण गुरुङको नाम सिफारिस गरेको छ। तीन दशक लामो राजनीतिक तथा सामाजिक सेवाको सार्बजनिक यात्रा पूरा गरेका श्री लामा सामाजिक अभियन्ता, लेखक, स्वतन्त्र पत्रकार र शिन्यो बौद्ध धर्म साधक समेत हुनुहुन्छ। ब्यबसायिक रुपमा कृषि र स्वास्थ्य सेवा ब्यबसायमा संलग्न श्री लामा मुग्लिङ हाईवे हस्पिटलको अध्यक्ष र वान फ्याम्ली वान फार्मका परियोजना संचालक हुनुहुन्छ। पंचायती ब्यबस्थाको प्रतिबन्धित कालमा बिद्यार्थी संगठन मार्फत आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका श्री लामा नेपाली कांग्रेसको नबौ महाधिबेशन ०५३ र बाह्रौ महाधिबेशन २०६६ को महासमिति सदस्य हुनुहुन्छ।

    यसै गरी २०५७ साल २०६८ साल गरी दुई पटक नेपाली कांग्रेस चितवनको जिल्ला सदस्यको रुपमा दुई कार्यकाल  बिताउनु भएको छ। हाल नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघको केन्द्रीय सदस्य र नेपाली कांग्रेस बागमती प्रदेश समितिको प्रशिक्षण बिभागको सचिबको रुपमा जिम्मेवारी निर्बाहा गरिरहनु भको छ। कन्टेन्ट राईटिङ र मिडिया क्याम्पेनिङमा बिशेष दख्खल राख्ने श्री लामा कुशल बक्ता र  सामाजिक, राजनीतिक एबं पोलिटिकल मार्केटिङ बिषयक  दक्ष प्रशिक्षकको रुपमा समेत लोलप्रिय हुनुहुन्छ।

    बहुप्रतिभाका धनी युवा नेता श्री राम बहादुर लामाले आफू प्रादेशिक सभामा राज्यको तीन तह बीचको कार्यमूलक समन्बय र मिलाप,  संघीयताको सही अभ्यास र कार्यान्बयन,  सहभागितामूलक बिकास परियोजना मार्फत सम्मृद्धि  र सुशासनको निम्ति हस्तक्षेपकारी भूमिका निर्बाहाको लागि पार्टी समक्ष अबशरको खोजी गरेको बताउनु भयो। निरन्तर संगठन र सेवामा समर्पित रहेका कारण यस पटक पार्टीले आफूलाई  न्याय गर्नेछ भन्ने बिस्वास लिएको कुरा कांग्रेस नेता श्री  राम बहादुर लामाले हामीलाई बताउनु भयो।