× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    क्यानडामा चक्कु प्रहारबाट १० जनाको मृत्यु, १५ जना घाइते

    २ वर्ष पहिले

    भदौ -२०, क्यानडाको मध्ये सास्काचेवान प्रान्तमा चक्कु प्रहारबाट १० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहारबाट १० जनाको मृत्यु भएको हो ।

    अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसिले जनाए अनुसार हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन र ३० वर्षीय मिल्स स्यान्डर्सन संलग्न रहेको छ र उनीहरुको फोटो प्रहरीले सार्वजनिक गरका छन् । त्यस्तै हतियार बोकेका उनीहरुलाई प्रहरीले खतरनाक भनेको छन् र स्थानीयवासीलाई घर भित्रै रहन सूचित गरेको छ ।

    जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदयविदारक’ भनेका छन् ।