× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भदौ २२ गते बागमती प्रदेशको तीन जिल्लामा सार्वजनिक बिदा

    २ वर्ष पहिले

    भदौ-२०, बागमती प्रदेश सरकारले चेपाङ समुदायको न्वागी (सोनाम)को अवसरमा भदौ २२ गते बुधबार प्रदेशको तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार सूचना प्रकाशित गरी उक्त जानकारी गराएको हो।

    मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “बागमती प्रदेश सरकार मन्त्रीपरिषद्को मिति २०७८/१२/०९ गतेको निर्णयअनुसार चेपाङ समुदायले मनाउने न्वागी (सोनाम) पर्वको उपलक्ष्यमा मिति २०७९ भदौ २२ गते बुधबारको दिन बागमती प्रदेशका तीन जिल्ला चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक दिने निर्णय भएकाले सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।”