२ वर्ष पहिले
भदौ-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय २१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४८ हजार ७ सय ८९ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ५ सय १९ जनाको पिसिआर परीक्षण गर्दा १ सय २२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ९८ हजार १ सय ८६ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा २ हजार ५ सय ३९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९९ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ६७ हजार ८ सय ७३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ४४ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ३ सय १२ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ३२ जना रहेको छ।
२४ घण्टामा २ सय ६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८३ हजार ५ सय ३९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ३८ जना र भेन्टिलेटरमा ३ जना रहेको छ।