× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    भदौ २५ गतेदेखि इसुजु चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

    २ वर्ष पहिले

    भदौ -२०, भरतपुर फुटबल क्लबको आयोजनामा इसुजु चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता यसै हप्ता सुरु हुने भएको छ । नारायणगढको क्याम्पा चौरमा शनिबार देखि हुने गोल्डकपको फाइनल असोज ३ गते हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    गोल्डकपका संयोजक धुर्ब भुसालले क्याम्पाचौर व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । यस्तै दर्शकका लागि चार हजार क्षमताको अस्थाई प्याराफिट निर्माण भइरहेको उनले बताए । गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी हुनेछन् ।

    त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बल (एपिएफ)। मनाङ एफसी, भरतपुर फुटबल क्लब, फर्साटिकर एफसी, बागमती नगरपालिका, मकवानपुर ११, नव जन जागृति युवा क्लब सिमरा, क्यामरुनको अफ्रिकन युनाइटेड र भारतको मोतिहारी एफसी सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

    गोल्डकपको उद्घाटन खेलमा आयोजक भरतपुर फुटबल क्लब र मोतिहारी एफसी भिड्नेछन् । गोल्डकप विजेताले ७ लाख र दोस्रो हुने टोलीले ३ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा झण्डै ७० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।