× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिजमा नेपालद्वारा क्लिन स्विप

    २ वर्ष पहिले

    भदौ-२०, घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको छ । नेपालले यसअघि पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

    सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २५६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो ।

    नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ को अर्धशतकीय पारी खेल्दा आसिफले ५६ रनको योदान गरे । त्यस्तै वसिर ५२ रन बनाउँदा नेपालका कप्तान रोहित पौडेलले अविजित रहँदै ४६ रन बनाए ।

    केन्याका भिराज पटेलले दुई विकेट लिए । त्यस्तै शेम एनगोचे र याश तालातीले एक/एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो ।केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय पारी खेल्दा लुकास एनडानडासनले अविजित रहँदै ५९ रनको अर्धशतकीय पारी खेले । नेपालका सोमपाल कामी र आदील अन्सारीले दुई/दुई विकेट लिए । त्यस्तै वसिर अहमद र शाहब आलमले एक/एक विकेट लिए ।

    योसँगै नेपालले केन्याविरुद्धको दुबै सिरिज आफ्नो बनाएको छ । सिरिज अन्तर्गतकै पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।