× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३ सय संक्रमित थपिँदा निको हुनेको संख्या १ सय २४

    २ वर्ष पहिले

    भदौ-२१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४९ हजार ८९ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ९ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा १ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख १ सय ६७ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा २ हजार ६ सय ९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय २३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ७९ हजार ४ सय ८२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५७ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ३ सय ८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ४९ जना रहेको छ।

    २४ घण्टामा १ सय २४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८३ हजार ६ सय २३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ३५ जना र भेन्टिलेटरमा ३ जना रहेको छ।