× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    इच्छाकामनाकी सुप्रिका गुरुङ नवौँ राष्ट्रिय खेलकुदका लागि तेक्वान्दो खेलमा छनौट

    २ वर्ष पहिले

    भदौ -२२, इच्छाकामना मुग्लिनका सुप्रिका गुरुङ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तेक्वान्दो खेलमा छनौट हुन सफल भएकी छन्।

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तेक्वान्दो खेलको बागमती प्रदेश छनौट प्रतियोगितामा चितवन जिल्लाका तीन खेलाडीहरू ५८ केजिमा रुमित राउत, ६३ केजिमा अभिशेक गिरी र महिला ७२ केजिमा सुप्रिका गुरुङले प्रथम स्थान हासिल गरि छनौट हुन सफल भएको हो।

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गते देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुनेछ।