× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा राज्यमन्त्री उमेश श्रेष्ठको चुनाब केन्द्रित सक्रियता ।

    २ वर्ष पहिले

    न्यूज डेस्क,

    हाइवे समाचार, चितवन ।

    मंसीर ४ गते हुन लागेको संघीय तथा प्रार्देशिक निबार्चनको लागि नेपाली कांग्रेस चितवन जिल्ला कार्य समितिले दाबेदारहरुको सम्भाबित सूची प्रक्रिया संगत ढंगबाट प्रदेश कार्य समिति हुदै केन्द्रीय समितिमा पठाईसकेका छन् । उम्मेदवारको सम्भाबित सूचीमा रहेका दाबेदाहरु आ–आफ्नो ढंगबाट आफ्नो चुनाब क्षेत्र लक्षित गतिबिधि र सक्रियता बढाई रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको राज्यमन्त्री एबं नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ पनि चितवनको निबार्चन क्षेत्र नं २ लक्षित गतिबिधि र सम्पर्कमा ब्यस्त भएको पाईन्छ । तथापि राज्यमन्त्री श्रेष्ठको उम्मेदवारको सम्भाबित सूचीमा चितवनको क्षेत्र नं १ बाट समेत नाम सिफारिस भएका छन् । यद्यपी उहा स्वंय आफूले सार्बजनिक रुपमा चुनाब लडेमा चितवनको क्षेत्र नं २ बाट लड्ने बताएका छन् । नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री शेर बहादुर देउवा निकट मानिनु हुने ब्यबसायिक पृष्ठभूमिका शैक्षिक उद्यमी राज्यमन्त्री श्रेष्ठलाई टिकट लिन त महाभारत नहोला तर पार्टीभित्रको आन्तरिक ब्यबस्थापनको लागि भने चितवन कांग्रेसका संस्थापन पक्षले भने चर्को चुनौती दिन सक्नेछ । यस क्षेत्रमा चितवन कांग्रेसका सभापति राजेश्वर खनाल र निबर्तमान सभापित जीत नारायण श्रेष्ठ समेतले उम्मेदवारीको दाबी गरेर केन्द्र देखि जिल्ला तह सम्म लबिङ् गरेका छन् ।


    नेकपा एमालेको बलियो जनाधार मानिने चितवनको क्षेत्र नं २ मा कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिका सहित भरतपुर महानगरपालिकाको १० वटा वडाहरु रहेका छन् । स्थानीय तहको निर्बाचनमा कालिका नगरपालिका ११ वटा वडाहरु मध्ये ७ वटा वडा कांग्रेस सहित गठबन्धनले जितेका हुन् भने प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेका छन् । यसै गरी ईच्छाकामना गाउँपालिका प्रमुख उपप्रमुख सहित बहुसंख्यक वडाहरु ७ वडा मध्ये ५ वडा जितेका छन् । भरतपुर महानगरपालिकामा पर्ने १० वटा वडाहरु मध्ये कांग्रेसले जितेका वडाहरुमा वडा नं १, २, ४, ५, १० र २९ हुन् भने ७ नम्बर वडा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजबादीले जितेका छन् । बाकी ३, ११ र १२ नम्बर वडाहरु नेकपाले राप्रपाको साथले जितेका छन् । यस हिसाबले मताभारको दृष्टिबाट स्थानीय निर्बाचनको वडा अध्यक्षहरुमा खसेको मतको आधारमा केबल ३९३ मतले मात्र कांग्रेस पछाडि देखिन्छ । गठबन्बधनको दृष्टिले कांग्रेस उम्मेदवारको निम्ति चुनाबी जीत निकाल्नको निम्ति केहि सहज लागेता पनि सांगाठानिक सबलता र क्रियाशिलताको दृष्टिले नेकपा एमालेले बढता मेहनत गरेको देखिन्छ । बढता मेहनत र चलयामानको जरुरत भएरनै कांग्रेस नेता राज्यमन्त्री उमेश श्रेष्ठ बिगत केहि महिना देखि २ नम्बर केन्द्रित आफ्ना गतिबिधि र सम्पर्कलाई बढाएको देखिन्छ ।

    निर्बाचन क्षेत्र नं २ को वडा नं ५ स्थित यज्ञपुरीमा स्थायी घर भएका राज्यमन्त्री श्रेष्ठ यसै वडाका मतदाता समेत हुनुहुन्छ । चितवनको पुरानो र प्रतिष्ठित स्थल हेभन आबासिय माबिका संचालक समेत रहेका राज्यमन्त्री श्रेष्ठ नेपालकै प्रतिष्ठित र सबैभन्दा बढी बिद्यार्थी संख्या भएको राजधानी काठमाण्डौको लिटल एन्जल्स स्कुलका संस्थापक प्रिन्सिपल र संचालक समेत हुनुहुन्छ । अरबौ लगानी भएका निर्माणाधिन आधा दर्जन जलबिद्युत परियोजनका लगानीकर्ता समेत हुनुहुन्छ । यस बाहेक मेगा कृषि परियोजना र केहि तारे स्तरिय होटल रिसोर्टहरुमा लगानी गर्नु भएको छ । राजधानी काठमाण्डौमा रहेका एक निजी सहित २ गैर मुनाफाकारी हस्पिटलका ट्रष्टी हुनुहुन्छ । राजधानी बाहिर नुवाकोट र चितवनमा गैर मूनाफाकारी हस्पिटलको संचालनको तयारीमा समेत लाग्नु भएको छ ।

    मन्त्री भएपछि सरकारी सुबिधा र तलब समेत नलिएका राज्यमन्त्री श्रेष्ठले आफूले कमाएका सम्पत्तिको आधा भाग राज्यलाई सुम्पेर शिक्षा र स्वास्थ्य सेवामा समर्पित हुने कुरा सार्बजनिक रुपमा घोषणा समेत गरिसकेका छन् । राजनीतिमा आफू लिन होईन दिन आएको र आफ्नो बिज्ञता र श्रोत साधनको सम्पन्नता चितवनको क्षेत्र नं २ को आम सर्बसाधरण जनताको निम्ति प्रयोग गर्न जनताको बीचमा उभिन आईपुगेको कुरा हाईवे समाचारलाई बताउनु भयो । खास गरेर मझिमटार – शक्तिखोर सुरुङ मार्गको निर्माणबाट चितवन जिल्लाकै सम्मृद्धिमा महत्वपूर्ण योगदान दिने र शक्तिखोर औद्योगिक क्षेत्रलाई सार्बजनिक निजी अबधाराणा मुताबिक स्थानीय जनतासँगको साँझेदारीमा उद्योगहरु स्थापित गरी हजारौ स्थानीय जनतालाई रोजगारी दिने आफ्नो योजना रहेको बताउनु भयो ।

    यसै गरी यस क्षेत्रको कालिका र ईच्छाकामनाको पहाडी भागहरुमा अर्गानिक कृषि उत्पादनलाई प्रर्बद्धन गर्नुका साथै पर्यापर्यटनमा आधारित ग्रामीण पर्यटन उद्यमशिलताको बिकास गर्ने र १०० बेडको ट्रमा सेन्टर रहेको अस्पताल निर्माण गर्ने आफ्नो योजना रहेको जानकारी दिनु भयो । यसै गरी रोजगारीमूलक आबाशीय उच्च शिक्षाको लागि स्पोनरर्शिप स्किम संचालन गर्ने र देबघाटलाई बैकल्पिक चिकित्सा केन्द्र सहितको अन्तराष्ट्रिय स्तरको धार्मिक धामको रुपमा बिकास गर्ने योजना सोचेको बताउनु भयो ।

    नारायणी नदीमा आधारित जल पर्यटनको सम्भाबनाको खोजी गरेर भरतपुरलाई बास्तबिक मेडिकल सिटीको रुपमा बिकास गर्नु ज्बलन्त आबश्यकता भएको कुरा बताउनु भयो। यी र यस्तै स्वप्नहरु बोकेर एउटा कर्मबीर जनताको सारथीको रुपमा चुनाबमा उभिन खोजेका राज्यमन्त्री श्रेष्ठ कांग्रेस कार्यकर्ताहरु बीच मात्र नभएर नेकपा एमाले र राप्रपा समर्थित कार्यकर्ताहरु बीच पनि आकर्षणको केन्द्र बन्न थालेको महशूस बिगत केहि दिनदेखि उहा सरिक सार्बजनिक कार्यक्रमहरुमा ब्यक्त सहभागीहरुको धाराणा र उहाप्रतिको चासोले देखिन थालेको छ । राजनीतिक पक्षपात र पूर्बाग्रह भन्दा पृथक शान्त र सरल स्वभाबका धनी राज्यमन्त्री श्रेष्ठमा आम जनताले खोजेको सच्चा प्रतिनिधिको रुपमा उदित हुने प्रशस्त संम्भाबना भएको देखिन्छ ।

    राजनीतिलाई पेशा बनाएर दलाली कमाउ धन्दामा मालदार सरकारी अड्डा र ब्यापारीको कोठी चाहारी हिड्ने पेशेबर राजनीतिकर्मी भन्दा उद्यम ब्यबसायबाट अकुत कमाएर सेवा गर्ने तम्सेका अरबपति राज्यमन्त्री उमेश श्रेष्ठप्रति आम जनताको आकर्षण र चासो बढेको पाईन्छ । यस बीच उहाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. बिश्व पौडेल सहित पूर्बाधार बिकास बैकका सिईओ र प्रधानमन्त्री कार्यालयका सचिब सहितको उच्चस्तरीय सरकारी टोली ल्याएर मझिमटार–शक्तिखोर सुरुङ मार्ग र शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण सम्बन्धमा कालिका नगरपालिका सँग मिलेर अन्तरक्रिया गर्नु भयो । पबित्र धार्मिक स्थल देबघाट स्थित श्रीवागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रम को सातौं अधिवेशन तथा रजत महोत्सव वर्ष २०७९ मा सरिक रहेर देबघाटलाई धार्मिक धामको रुपमा बिकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

    यसै गरी वडा १२ स्थित गणेशधामको बिकासको लागि गणेशधाम बिकासका अभियन्ता पर्यटन ब्यबसायी दिनेश कुमार चुकेका टिमसँग अन्तर संबाद गर्नु भयो । भरतपुर र नारायणगढमा रहेका उद्ममी र ब्यबसायीहरुसँग पटक पटक अनौपचारिक तहमा छलफल गर्नु भएको छ । चितवनका कांग्रेसी नेता कार्यकर्ताहरुको अलबा नेकपा एमाले र राप्रपा समर्थित कार्यकर्ताहरुसँग पनि सघन संबाद गर्नु भएको छ । चितवन अटो मेकानिकल ब्यबसायी संघ र लंकुस्थित लक्ष्मीबैकंटेस मन्दिरको कार्यक्रममा सरिक रहेर ब्यबसायी तथा भक्तजनहरुलाई उत्साहित तुल्याउनु भएको छ । नेपाली कांग्रेस चितवनले आयोजना गरेको प्रम तथा कांग्रेस सभापति शेर बहदुर देउवा प्रमुख अतिथि रहेको सम्मान कार्यक्रममा सरिक रहेर शुक्रबार राजधानी फर्केका राज्यमन्त्री श्रेष्ठ जनतासँगको भेटघाट र संबादबाट आफू उत्साहित भएको बताउनु भयो । राज्यमन्त्री श्रेष्ठले चितवनको २ नम्बर क्षेत्रमा बिगत १० बर्षदेखि नेकपा एमालेले राखेको बर्चस्वलाई कांग्रेसले यस पटक तोडनु पर्दछ भन्ने आफ्नो मूल मान्यता रहेको र टिकट जुन कुनै कांग्रेसी नेताले ल्याए पनि आफ्नो साथ र सक्रियता यथाबत रहने कुरा पनि प्रष्ट पार्नु भयो ।