२ वर्ष पहिले
भदौ-२५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४९ हजार ८ सय ६१ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ७ सय १८ जनाको पिसिआर परीक्षण गर्दा १ सय १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ६ हजार ६ सय ७७ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा २ हजार २८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५१ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ७९ हजार ३ सय ८१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ३० जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ३ सय ४६ रहेको छ भने संस्थागत आइसोलेसनमा ८४ जना रहेको छ।
२४ घण्टामा १ सय ३० जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८४ हजार २ सय १२ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १७ जना र भेन्टिलेटरमा १ जना रहेको छ।