२ वर्ष पहिले
भदौ-२७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५० हजार १ सय ४४ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ६ सय जनाको पिसिआर परीक्षण गर्दा १ सय २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख १० हजार ९ सय ६९ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा २ हजार ३ सय ५९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५२ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ८३ हजार ७ सय ३५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७१ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार १ सय ९० रहेको छ भने संस्थागत आइसोलेसनमा ८१ जना रहेको छ।
२४ घण्टामा १ सय ७१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८४ हजार ५ सय ८४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १५ जना र भेन्टिलेटरमा शुन्य रहेको छ।