× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २ सय ३ संक्रमित थपिँदा निको हुनेको संख्या १ सय २६

    २ वर्ष पहिले

    भदौ-२८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५० हजार ३ सय ४७ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ३ सय जनाको पिसिआर परीक्षण गर्दा ८७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख १२ हजार ९२ सय ६९ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा ३ हजार ७ सय ५९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय १६ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ८७ हजार ४ सय ९४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय ३२ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार १ सय ५२ रहेको छ भने संस्थागत आइसोलेसनमा ८० जना रहेको छ।

    २४ घण्टामा १ सय २६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८४ हजार ७ सय १० जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १७ जना र भेन्टिलेटरमा १ जना रहेको छ।