× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    महाकवि देवकोटाको पूण्य तिथिको अवसरमा- सुनिल उलक

    २ वर्ष पहिले

    भदौ-२९, ६ दाजुभाई र ७ दिदीबहिनीको बिच जन्मनु भएका लक्ष्मीप्रसाद मन र साहित्यिक लगावले धनी थिए ।

    लक्ष्मीपूजाको दिन जन्मिए पनि सरस्वतीको स्नेह भने अत्यधिक पाएका थिए ।दैनिक १८ घण्टा सम्म पनि ट्युशन पढाउँने गरेका थिए भन्ने उल्लेख गरिएको भेटिन्छ । कतै कतै वहाँको गरिवीको चर्चा गरिए पनि वहाँ गरिव थिएनन् भन्ने वहाँको भव्य घरले पनि देखाउँछ । साइकल चढ्न सौखिन वहाँ साइकलमा नै कुदेको देख्ने धेरै छन् ।

    वहाँले कविता मार्फत “उद्धेश्य के लिनु उडी छुनु चन्द्र एक” भनेर लेख्दा पागलपनको संज्ञा दिए तर वहाँको मृत्युको १६ घण्टा अगाडी रूसले यसलाई सम्भव बनाए । रकेट चन्द्रमामा पुगेको समाचारले सबै तरंगित भए ।

    डा.के.आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषदमा वहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बन्नुभएको थियो । यसै समयमा वहाँ पोखरा पनि आउनु भएको थियो ।

    हातका मैला सुनका थैला, के गर्नु धनले

    साग र सिस्नु खाएको वेश आनन्दी मनले

    २०१६ भाद्र २९ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएको थियो । जीवनको अन्तिम समय अस्पतालको शैयामा अन्तिम क्षण सुनाइएका देवकोटाका अन्तिम कविता वहाँकै आवाजमा । यहा तीन वटा कविता नेपालीमा र एक अंग्रेजीमा गुनगुनाइएका छन् ।

    महाकवि प्रति हार्दिक श्रद्धाञ्जली ।