× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १ सय १९ संक्रमित थपिँदा निको हुनेको संख्या १ सय ३०

    २ वर्ष पहिले

    भदौ-२९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५० हजार ६ सय ७३ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ९ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा ८९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख १४ हजार २ सय २४ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा २ हजार १ सय २९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३० जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ८९ हजार ६ सय २३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २ हजार १ सय ९१ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार १ सय १९ रहेको छ भने संस्थागत आइसोलेसनमा ७२ जना रहेको छ।

    २४ घण्टामा १ सय ३० जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८४ हजार ८ सय ४० जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १९ जना र भेन्टिलेटरमा १ जना रहेको छ।