× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौँ महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र आगामी असोज १ गतेदेखि धूम्रपान सेवनमा निषेध

    २ वर्ष पहिले

    भदौ-३०, काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आगामी असोज १ गतेदेखि धूम्रपान सेवनमा निषेध गरेको छ।

    महानगरपालिकाले बिहिबर एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा त्यस्तो प्रकारको अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाएको जनाएको छ।

    सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ।

    कानुन सदाचार र सार्वजनिक हित तथा भएका हिसाबले काठमाडौ महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र बनाउनका लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराउने समेत सूचनामा उल्लेख छ।