× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आजदेखि मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न एमडीएमएस सुरु

    २ वर्ष पहिले

    भदौ-३०,आज देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू हुँदैछ । विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले आज (बिहीवार)देखि एमडीएमएस कार्यान्वयन गर्न थालेको हो ।

    आज दिउँसो ललितपुरमा एक कार्यक्रम गरेर प्राधिकरणले एमडीएमएस कार्यान्वयनको शुरूवात गर्ने तयारी गरेको छ ।

    मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ ।

    आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतह एमडीएमएसमा दर्ता हुने पनि प्राधिकरणले जनाएको छ । तर अब मोबाइल किन्दा mdms.nta.gov.np मा गइ दर्ता भए/नभएको यकिन गरेर मात्रै किन्न पनि प्राधिकरणले आग्रह गरेको छ ।