२ वर्ष पहिले
भदौ-३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५० हजार ७ सय ९९ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ६ सय ७४ जनाको पिसिआर परीक्षण गर्दा ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख १५ हजार ८ सय ९८ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा २ हजार १ सय १६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५१ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ९१ हजार ७ सय ३९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार १ सय २९ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ६२ रहेको छ भने संस्थागत आइसोलेसनमा ५७ जना रहेको छ।
२४ घण्टामा १ सय ३७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८४ हजार ९ सय ७७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १८ जना र भेन्टिलेटरमा शुन्य रहेको छ।