× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

    २ वर्ष पहिले

    भदौ-३१, भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)बाट आज मूल्य घटाएको हो।

    नेपाल आयल निगमलाई आइओसीले घटेको मूल्य सूची पठाएको छ ।आज बाट लागू गरी पठाएको नयाँ मूल्य सुची अनुसार पेट्रोल प्रतिलिटर ६.५५ रुपैयाँ र डिजल प्रतिलिटर ४४ पैसा घटेको छ।

    आइओसीबाट नयाँ मुल्य सुची आएसंगै पेट्रोलबाट प्रतिलिटर ८ रुपैयाँ नाफा हुने र डिजेलबाट अझै ६ रुपैयाँ घाटा हुने जनाएको छ।

    हाल निगमले पेट्रोल प्रतिलिटर १ सय ८१ रुपैयाँ र डिजेल प्रतिलिटर १ सय ७८ रुपैयाँमा बिक्री गराएको छ।