× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन पुलबाट हामफालेर एक पुरुष व्यक्ति बेपत्ता, घटनास्थलमा बाइक र लाइसेन्स फेला पर्यो

    २ वर्ष पहिले

    भदौ-३१, शुक्रबार बेलुका करिब पौने ६ बजे इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिन स्थित त्रिशुली नदीको पुरानो पुलबाट हामफालेर अन्दाजी २७ वर्षका एक पुरुष व्यक्ति बेपत्ता भएका छन् ।

    घटनास्थलमा बागमती प्रदेश ३–०२–०३१ प ५२१४ नम्बरको निलो रंगको एफजेट मोटरसाईकल, कालो रंगको झोला र सवारी साधनको लाइसेन्स फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    निराजन घिमिरेको नाममा रहेको लाइसेन्समा गैरीमूडी-९, दोलखा ठेगाना उल्लेख गरिएको छ।

    बेपत्ता व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले बताएका छन्। ।