२ वर्ष पहिले
असोज-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५० हजार ९ सय ९ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ५ सय ७४ जनाको पिसिआर परीक्षण गर्दा ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख १७ हजार ७ सय १३ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा २ हजार १ सय ६६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २८ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ९५ हजार ९ सय ८० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ६६ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ९ सय २ रहेको छ भने संस्थागत आइसोलेसनमा ६४ जना रहेको छ।
२४ घण्टामा १ सय ३१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८५ हजार २ सय ३४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू २० जना र भेन्टिलेटरमा शुन्य रहेको छ।