× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज कहाँको मौसम कस्तो?

    २ वर्ष पहिले

    असोज -३, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

    आज दिउँसो देशका केही स्थानहरूमा मेघ गर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    यस्तै, राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १को थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।