× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    लागुऔषध सहित इच्छाकामना तथा आबुँखैरेनीका तीन जना पक्राउ

    २ वर्ष पहिले

    असोज-५, तनहुँको आबुँखैरेनीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

    बुधबार बिहान ६:२० बजेको समयमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वीराजमार्ग सडक-खण्डमा रहेको मुग्लिङ्ग पुलजिपको अस्थायी प्रहरी चेकपोष्टमा काँकडभिट्टा बाट पोखरा तर्फ आउदै गरेको मे.१ ख. ३१९५ न.को बस रोकी चेकजाँच गर्ने क्रममा लागुऔषध सहित तीन जना पक्राउ परेका हुन्।

    पक्राउ पर्नेमा चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ५ का २९ बर्षिय अतित गुरुङ, तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं ४ का ३५ वर्षिय जग माया गुरुङ तथा १९ वर्षिय सुस्मिता गुरुङ रहेका छन्।

    प्रहरीले उक्त बसको सिट मुनि तथा अन्य ठाँउहरुमा प्लाष्टिकको बोरा तथा झोलाहरु भित्र प्रतिबन्धित लागुऔषध गाँजा २२ किलो १८५ ग्राम बरामद गरेको हुन्।

    हाल पक्राउ परेका तीनै जनालाई तनहुँ जिल्ला अदालतबाट लागुऔषध मुद्धामा चार दिन म्याद थप गरी अनुसन्धान कार्य भई रहेको इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ ।