× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    धादिङको गजुरीमा गाडीको ठक्करबाट बालकको मृत्यु, पृथ्वीराजमार्ग अवरुद्ध

    २ वर्ष पहिले

    असोज -६, धादिङ्गको गजुरीमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ।

    बिहिबार बिहान करिब ९:४५ बजेको समयमा आदर्श माध्यमिक विद्यालय गजुरीमा कक्षा १ मा पढ्ने विजय परियारलाई जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा ग१ ख ४६६५ नम्बरको बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको थियो।

    घटनास्थलमा बालकको मृत्यु भएपछि आक्रोशित स्थानीय तथा विधार्थीहरुले ठक्कर दिने बसलाई जलाएर प्रदर्शन गरिरहेका छ भने पृथ्वी राजमार्ग अन्तर्गत मलेखु काठमाडौं सडक खण्ड अबरुद्ध भएको छ।