× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    मुग्लिनकी सुप्रिकाले जितिन् अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक

    २ वर्ष पहिले

    असोज-७, चितवनको इच्छाकामना गाउँपालिका मुग्लिनकी सुप्रिका गुरुङले ‘तेस्रो माउण्ट एभरेष्ट खुला तेक्वान्दो च्याम्पियनसिप’ मा स्वर्णपदक जित्न सफल भएकी छिन्।

    निलो रङमा सुप्रिका

    विहीबार पोखरा स्थित बहुउद्देश्य कभर्डहलमा भएको महिला ६७ केजी माथिको प्रतिस्पर्धाको उपाधि भिडन्तमा सुप्रिकाले भारतीय खेलाडी रियल आलुवालियालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्।

    असोज ६ गते देखि ९ सम्म चल्ने च्याम्पियनसिपको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका हुन्।

    उद्घाटन समारोहमा वल्र्ड तेक्वान्दो महासङ्घका अध्यक्ष डा.चोउ चुङ ओन,एसियन तेक्वान्दो फेडेरेसन का अध्यक्ष प्रोफेसर लिक्यु सिओक लगायतका उपस्थित रहेका थिए।

    च्याम्पियनसिपमा सिनियर र जुनियर गरी १४ वर्षदेखि ६० वर्षमाथिका महिला तथा पुरुष १६ र पुम्सेतमा १४ देखि ६० वर्षमाथि एकल, जोडी र समूहमा प्रतिस्पर्धा भइरहेको छ ।च्याम्पियनसिपमा १३ देशका १ हजार ४ सय २५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।