× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ७६ संक्रमित थपिँदा निको हुनेको संख्या ८७

    २ वर्ष पहिले

    असोज-७,, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ४ सय १९ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ८ सय ३० जनाको पिसिआर परीक्षण गर्दा ५३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख २८ हजार १ सय १७ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा २ हजार २ सय ३९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख ७ हजार १ सय ८३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ७१ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ३ सय २२ रहेको छ भने संस्थागत आइसोलेसनमा ४९ जना रहेको छ।

    २४ घण्टामा ८७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८६ हजार १ सय १९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १० जना र भेन्टिलेटरमा शुन्य रहेको छ।