× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीकी पत्नी गीता सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    २ वर्ष पहिले

    असोज-७, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीकी पत्नी गीता सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

    नक्कली शैक्षिक प्रमाण पत्र बनाएर जागिर खाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले गीताविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

    कैलालीको शिव निम्न माध्यमिक विद्यालय (हाल मावि) देवरियामा कार्यरत प्राथमिक तहकी राहत शिक्षक सोडारीको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान गर्दा बोर्ड अफ सेकेन्डरी एजुकेशन दिल्ली भारतबाट एउटै तहका दुईवटा माध्यामिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक योग्यताका प्रमाणपत्रहरु नक्कली बनाएको पाइएको अख्तियारले जनाएको छ।

    ‘आफ्नो योग्यता ढाँटी झुटा प्रमाणपत्र पेस गरी राष्ट्र सेवकको ओहदा प्राप्त गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानीनोक्सानी पुर्‍याउने वदनियत राखी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएको छ,’ अख्तियारले विशेष अदालतमा पेस गरेको आरोप पत्रमा भनेको छ।

    उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अन्तर्गतको कसुर रहेको भन्दै कैद सजाय र जरिवाना हुन मागदाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन्।