× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुन तथा चाँदीको भाउ ह्वात्तै घट्यो

    २ वर्ष पहिले

    असोज-९, आज (आइतबार) कारोबारको पहिलो दिन सुन तथा चाँदीको भाउ ह्वात्तै घटेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर छापावाला सुन ९१ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ३० रुपैयाँले घटेर ११ सय ७० रूपैयाँ कायम भएको छ। अघिल्लो शुक्रबार चाँदी प्रतितोला १२ सय रूपैयाँमा नै कारोबार भएको थियोे।