× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    टिपरको ठक्करबाट स्कुटर चालको मृत्यु

    २ वर्ष पहिले


    असोज ९, मुग्लिन
    आज बेलुकी मुग्लिन नारायणगढ सडक खण्ड अन्तरग भतेरिमा टिपरको ठक्करबाट स्कुटर चालको ज्यान गएको छ । बेलुकी ३ बजेको समयमा मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत भ.म.न.पा. वडा नं. २९ स्थित भतेरिमा टिपर र स्कुटर ठक्कर खाएर दुर्घटना भएको हो । नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको ना ८ ख ४५६२ नम्बरको टिपर र विपरित दिशाबाट जादै गरेको बा. प्र. ०६–००१ प ८५५१ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाइ दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरिक्षक शैलेन्द्र प्रसाद यादवले हाइवे समाचारलाई जानकारी दिएको छ ।

    दुर्घटनामा परी मृत्यु हुनेमा देवघाट गा.पा. वडा नं. ५ वस्ने अन्दाजी वर्ष ४८ को काले तामाङ्ग रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर भाइते भएका स्कुटर चालक तामाङ्गको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । टिपर र स्कुटरलाई प्रहरी चौकी जुगेडीमा राखिएको छ भने टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनमा लगिएको ट्राफिक प्रहरी सहायक निरिक्षक यादवले जनाएको छ ।