× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५४ संक्रमित थपिँदा निको हुनेको संख्या ७६

    २ वर्ष पहिले

    असोज-११,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार २ सय ७३ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ४ सय २९ जनाको पिसिआर परीक्षण गर्दा ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ३४ हजार १ सय ११ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा २ हजार १ सय जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १२ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख १५ हजार ७ सय ९२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४४ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ९४ रहेको छ भने संस्थागत आइसोलेसनमा ५० जना रहेको छ।

    २४ घण्टामा ७६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८६ हजार ४ सय ९५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १२ जना र भेन्टिलेटरमा शुन्य रहेको छ।