× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशोक

    २ वर्ष पहिले

    असोज-१३, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । पाण्डद्वयकी ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो ।

    एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत आमा पाण्डेको निधन भएको बताएका छन् । उनले ट्वीटरमा लेखेअनुसार कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका थिए । खबर पाएलगत्तै आफू चितवनबाट काठमाडौं हिँडेको पनि उनले लेखेका छन् । उनी काठमाडाैं फर्केसँगै चितवनका उनी सहभागी हुने राजनीतिक कार्यक्रमहरू प्रभावित भएका छन् ।

    राजेन्द्र, सुरेन्द्र, ज्ञानेन्द्र, उपेन्द्र र दिपेन्द्र पाण्डे दाजुभाइ हुन् ।