× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    दशैँ अवधिभर काभ्रेमा टिप्पर सञ्चालन गर्न रोक

    २ वर्ष पहिले

    असोज -१५, दशैँ अवधिभर काभ्रे जिल्लाभर टिप्पर सञ्चालन गर्न रोक लगाइएको छ ।

    चाडपर्वमा हुने यात्रुको चापलाई दृष्टिगत गरी दशैँ अवधिभर दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोकको रुट भएर जिल्ला बाहिर जाने–आउने सवारीसाधन र यात्रुको चापलाई मध्यनजर गरी शुक्रबारदेखि असोज २४ गतेसम्म जिल्लाभित्र टिप्पर नचलाउने निर्णय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको सार्वजनिक यातायात व्यवसायीहरूको बैठकले गरेको हो । यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार बीपी राजमार्ग भएर पूर्वी जिल्ला जाने सवारीको यान्त्रिक परीक्षण गरेको छ ।

    यस्तै अरनिको राजमार्ग र बीपी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधनमा ‘टाइम कार्ड’ लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार पूर्व अरनिको यातायात सेवा प्रालिको बा ४ ख ७१७८ नम्बरका बस चालकलाई खादा लगाई टाइम कार्ड सुरु गर्नुभएको थियोे ।