× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • बजार

    सामुदायिक प्रहरी सेवा केन्द्र मुग्लिनद्वारा मुग्लिन बजार सरसफाई

    २ वर्ष पहिले

    असोज १५, मुग्लिन
    चार्डवार्डको बेला टोल, बस्ती र बजार सरसफाईमा बढी ध्यान दिनुपर्ने भन्दै सामुदायिक प्रहरी सेवा केन्द्र मुग्लिनले शुक्रबार मुग्लिन बजार आसपासको क्षेत्र सरसफाई गरेको छ । सेवा केन्द्रका अध्यक्ष खुम प्रसाद पन्थको नेतृत्वमा इच्छाकामना गाउँपालिका वडा नं. ५ का अध्यक्ष तेज बहादुर शेरचन, स्थानीय बासिन्दा, प्रहरी सहितको टोलीले मुग्लिन बजारको चोक देखि विच बजार हुदै मुखिया टोल सम्म लगभग १ किलो मिटरको क्षेत्र आसपासमा सरसफाई गरेको हो ।


    डेङ्गु रोगको महामारी फैलिरहेको अवस्थामा लामखुट्टे बस्ने स्थानहरु पहिचान गरी नष्ट गरौ, पराग गुड्खा खाएर जथाभावी नफालौ, घरबाट निस्कने फोहोरलाइ एकै ठाउमा जम्मा गरि पालिकाको गाडीमा मात्र पठाऔ, सड्ने र नसड्ने फोहोरलाईृ छुट्टा छुट्टै राखि व्यवस्थापन गरौ, घर–टोल सफा र स्वच्छ बनाऔ भन्ने सन्देश सहित निस्केको टोलीले बजार सरसफाई गरेको हो ।


    घरबाट निस्कने फोहोर जथाभवी फालिदिदा मानिसको स्वास्थ्यमा क्यान्सर लगायतका विभिन्न रोगहरु लागेर मानिसको अकालमा मृत्यु सम्म हुने भएकोले समयमै यसको व्यवस्थपन गर्नु पर्ने अध्यक्ष पन्थले बताए । त्यस्तै डेङ्गु जस्ता महामारी बाट बच्न सधै झुलको प्रयोग गर्नुपर्ने, लामखुट्टे बस्ने स्थानहरुको पहिचान गरी नष्ट गर्नुपर्ने, घर पसलबाट निस्कने प्लाष्टिक लगायतका फोहोरजन्य पदार्थको व्यवस्थापन आफैले गर्न सकेको खण्डमा बजार सफा र स्वस्च्छ हुने अध्यक्ष पन्थले बताए ।


    मुग्लिन बजारमा सामुदायिक प्रहरी र विभिन्न क्लब, संघ संस्थाले बजार सरसफाई अभियान सञ्चालन गर्दै आइरहेको छ ।