× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३३ संक्रमित थपिँदा निको हुनेको संख्या ६६

    २ वर्ष पहिले

    असोज-१६,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ८ सय ११ जना पुगेको छ ।

    २४ घण्टामा ८ सय ५० जनाको पिसिआर परीक्षण गर्दा ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ३९ हजार ८४ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा ५ सय २५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख २१ हजार ५ सय ५७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८ सय ८८ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ८ सय ५३ रहेको छ भने संस्थागत आइसोलेसनमा ३६ जना रहेको छ।

    २४ घण्टामा ६६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८६ हजार ८ सय ८२ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ९ जना र भेन्टिलेटरमा शुन्य रहेको छ।