× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    त्रिशुलीमा कार खस्यो, यात्रु पौडेर बाच्न सफल

    २ वर्ष पहिले

    असोज १७, मुग्लिन
    मुग्लिन नारायणगढ सडक खण्डमा आज विहान कार त्रिशुलीमा खसेर बेपत्ता भएको छ । पोखराबाट झापा तर्फ जादै गरेको बा १० च ५४४५ नम्बरको कार चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ स्थित १७ किलोमा आफै अनियन्त्रित भई त्रिशुली नदिमा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । कारमा सवार यात्रुहरु भने आफै पौडिएर बाच्न सफल भएका छन् । घाइते हुनेमा जिल्ला झापा दमक नगरपालिका वडा नंं ३ बस्ने बर्ष ५२ को लिला भट्टराई र नीजका श्रीमति वर्ष ४० की देउकाला दाहाल रहेको र उनीहरुको अवस्था सामान्य रहको प्रहरीले बताएको छ ।