× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मासु खाँदा घाँटीमा अड्किएपछि चितवनका एक जनाको मृत्यु

    २ वर्ष पहिले

    असोज -१८, मासु खाँदा घाँटीमा अड्किएपछि चितवनका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।

    सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।