× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मासु घाँटीमा अड्किएर लमजुङमा एक जनाको ज्यान गयो

    २ वर्ष पहिले

    असोज-१८, मासु घाँटीमा अड्किएर लमजुङमा एक जनाको ज्यान गएको छ । मासु निल्ने क्रममा घाँटीमा अड्किएर मर्स्याङ्दी गाउँपालिका ९ सिम्पानीका ४९ वर्षीय शम्शेरबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

    मासु घाँटीमा अड्किएपछि परियारलाई खुदीस्थित स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याएको थियो ।

    चिकित्सकले उपचार गर्नका लागि जाँच गराउने क्रममा उनको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।