२ वर्ष पहिले
असोज-१९,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ८ सय ७० जना पुगेको छ ।
२४ घण्टामा ४ सय ४० जनाको पिसिआर परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ४० हजार ४ सय १६ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ५ सय ३८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा शुन्य संख्यामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख २३ हजार ७ सय ७९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा ७६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८७ हजार ८९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १८ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ सय ३२ जना रहेको छ।