× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीन जना वैज्ञानिकलाई

    २ वर्ष पहिले

    असोज-१९, यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रुपमा पाएका छन्।

    नोबेल पुरस्कार समितिले बुधबार गरेको घोषणाअनुसार क्यारोलिन आर बेर्टोजी, मोर्टन मेल्डल र के ब्यारी सार्प्लेसले संयुक्त रुपमा यस वर्षको रसायनशास्त्रतर्फको प्रतिष्ठित नोबेल पुरस्कार पाएका हुन्।

    यी तीनलाई ‘क्लिक केमिस्ट्री र बायोओर्थोजोनल केमिस्ट्री’ विकासका लागि संयुक्त रुपमा नोबेल पुरस्कार दिइएको समितिले जानकारी दिएको छ।

    यसैगरी सोमबार यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिने थियो। मानव प्रजातिको विकासक्रम सम्बन्धी काम गरेबापत पाबोलाई चिकित्साशास्त्रतर्फको पुरस्कार दिइने भएको हो ।

    यस्तै, मंगलबार यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा फ्रान्सका अलाँ आस्पेय,संयुक्त राज्य अमेरिकाका जोन क्लाउजर र अष्ट्रियाका एन्टोन जेइलिङ्गरलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो।

    क्वान्टम मेकानिक्सको खोजका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट उनीहरू सम्मानित हुने भएका हुन्।