× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अविरल वर्षाका कारण जनजीवन प्रभावित, पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध

    २ वर्ष पहिले

    असोज -२०, अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

    पानी परिरहँदा र बाटो बन्द हुँदा दशैंको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने–जानेहरु समस्यामा परेका छन् ।

    मकवानपुरको त्रिभुवन राजपथको बागझोर खोला बढेको छ, जसले गर्दा राजपथ (हेटौंडा–पालुङ–काठमाडौं) सडकखण्ड र भिमफेंदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

    यस्तै ललितपुरको टुकुचेमा पहिरो गएपछि कान्तिलोकपथ पनि अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।

    यसैगरी सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड पनि पहिरोले अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।त्यस्तै स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा अवरुद्ध भएको सिद्धार्थ राजमार्ग भने एकतर्फी खुलाइएको छ ।

    यस्तै, बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ।निरन्तरको वर्षाका कारण लम्जुङको बेंसीसहर र मनाङको चामे जोड्ने सडक अवरुद्ध भएको छ ।

    देमनाङको नासों गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।खोत्रोमा सडकको बीच भागमा नै भल बगेकाले यात्रा जोखिमपूर्ण बनेको उनले बताए ।